03

Jan

रोएर हासिदिन्छे उ Print
Written by smita sharma   
कुनै कारण देखेका छैनन उस्का परिवारले उ निराश हुनुपर्नेमा तर पनि आज सार्है निरास देखिन्छे। कता कता मुटु जलिरहेजस्तो कुनै अतितले ब्युझाएजस्तो । बाहिरको बातावरण उसलाई कोलाहलहै कोलाहलले भरिएको भान हुन्छ । त्यसैले त एकान्त खोजिरहेकी हुन्छे उ कुनै अधेरो कुनामा जहाँ उज्यालोको कुनै प्रतिबिम्ब छैन। कसैलाई फुर्सद छैन यहाँ उसको मौनता को कारण बुझ्न न त कोही बुझ्ने प्रयत्न नै गर्छ। दिनानु दिन पिल्सदै छे उ मायाको अभाबमा । कसैको मायाको न्यानो स्पर्श गर्न चाहन्छे उ तर असम्भ छ यो सब उसका निम्ती किननी उ एक एड्स पीडित नारी हो।
 
यो समय आइपुग्नुमा सबैले उसलाई मात्र दोशी ठहराउछन अनी घ्रिणा गर्छन् के दोश उसको मात्र हो त? दोश त उसको परिवार , समाज अनी राष्ट्रको हो जस्लेजसले उसलाई यहाँ सम्म आइपुग्न वाध्य बनायो। कुनै अशिक्षित नारी होइन उ , उसलाई कुनै आर्थिक समस्या आइपुगेको थिएन, नत उसलाई कसैले मायामाधोकानै दिएको थियो, तर पनि उसको जीवनको जहाज डुब्न गयो।

उसको बाबु त खोही के मा हो supervisor अरे अनी आमा एउटा संस्थामा संलग्न भइ समाज सेवा गर्दै रे। त्यो supervisor को के काम जसले आफ्नै परिवारलाई बुझ्न सक्दैन अनी त्यो समाज सेविको के काम जसले आफ्नै सन्तानको इक्षा अनी आकंक्षा बुझ्न सक्दैन, जसले आफ्नो परिवार को सेवा गर्न जान्दैन। तेसैले त धिकार्छे उ आफुलाई अनी आफ्नो जन्म्दिनेलाई। अनेकौ कारणले मनिष कुलतमा फस्छ कोही पारिवारिक कारणले त, कोही आर्थिक कारणले भने कोही फस्छन कसैको माया नपाई।

सबै पुगेको थियो उसलाई बिहान उठेदेखी वेलुका सुत्दा सम्म पछी लाग्ने पछउटे पुराइदिएका थिए उसका बाबु आमाले। कृतिम कुराको कुनै अभाब थिएन उसलाई मात्र अभाब थियो त बाबु आमाको स्पर्श। बाबु आमाको उपस्थिती कतिबेला हुन्छ त्यो पनि भुल्नलागिसकेकी छे उ। चाहन्थी उ कुनै दिन आमाले पकाएको खान पाउ, चाहन्थी बाबु संगै खेल्न पाउ । तर दैवको खेल न हो उसका चाहना चाहनामै सिमित हुन्थे, सपना क्षितिज पारी बिलिन हुन्थे।

ठुलि हुँदै जान्छे उ दिनानु दिन परिवार प्रतिको झुकाब घट्दै जान्छ। उसले घरलाई घर होइन धर्मसालाको उपनाम दिन्छे अनी मोडिदिन्छे जिन्दगीका पलहरुलाई एक खाडलमा तर पनि उसका निम्ती त्यही खाडल स्वर्ग सरह हुन्छ। डुबाइदिन्छे आफ्नो तन अनी मनलाई गाजा र धतुरोमा, निरन्तर उडाइदिन्छे आफ्नो जिन्दगी एक सुर्को चुरोटको धुँवामा।

चुरोट र गाजा त केही होइन उसको निम्ती अब सब सामान्य हुँदै जान्छ। फेरी पिडाबाट मुक्त हुन घोचिदिन्छे आफ्नो कोमल शरिरलाई तिनै सुइरा र सिरिन्जले जहाँ हिरोइन र् स्म्याकको खेल भइराखेको हुन्छु अनी सान्त भइदिन्छे उ निमेसभारलाई। तर पनि यो पल उसलाई खुशीनै खुशीले भरिएको जिन्दगीको सरह लाग्दछ। जहाँ कुनै पिडा हुँदैन। त्यो ३५० ग्रामको गिदिले केही सोच्न पुग्दैन मात्र सान्त हुन्छे। तर उसलाई के थाहा फसिरहेको छे उ, टुटिरहेकी छ उ, लडिरहेकी छ जिन्दगीका खुड्किलाबाट।


कोमल शरीर घोच्ने क्रममा उसले आफ्नो जिन्दगीनै घोचिदिन्छे, ठुलो बज्र आआइपुग्छ उसको जिबनमा। उ एक एड्स पीडित ठहरिन्छे, तेसैले लत्ताइमाग्छे यो समाज अनी परिवारबाट । मरेर जीइदिन्छे उ। आशुको बिश पिउदै अनी मृत्‍युको बाटो हेरिरहन्छे पलपल कुनै एकान्त अन्धकारमा। अनी रोएर हासिदिन्छे उ।
(आशु )


Comments
Add New Search
Write comment
Name:
Email:
 
Website:
Title:
UBBCode:
[b] [i] [u] [url] [quote] [code] [img] 
 
 
:angry::0:confused::cheer:B):evil::silly::dry::lol::kiss::D:pinch:
:(:shock::X:side::):P:unsure::woohoo::huh::whistle:;):s
:!::?::idea::arrow:
 
Please input the anti-spam code that you can read in the image.

3.23 Copyright (C) 2007 Alain Georgette / Copyright (C) 2006 Frantisek Hliva. All rights reserved."

Last Updated ( Friday, 20 June 2008 02:59 )